+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको नीति तथा कार्यक्रम : वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगा, गिट्टि, बालुवा उत्खनन गर्ने

4KNationalDaily
२०७८ जेष्ठ ३१, सोमबार १७:२० बजे

पोखरा- गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगाा, गिट्टि र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति कार्यक्रम सुनाउँदै यस्तो कार्यक्रम रहेको सुनाएकी छन् ।

सरकारले नारायणी नदीमा बिच पार्क बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताइन् । धौलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिने प्रदेश प्रमुख पौडेलले बताइन् । बिदा पर्यटन कार्यक्रले निरन्तरता पाउने भएको छ । नवलपुर, तनहुँ र कास्कीमा एकएक वनपैदावर आधारित उद्योग निर्माण गरिने कार्यक्रम छ ।

जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने नीति प्रदेश सरकारले लिएको छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखामा वृक्षारोपणलाई निरन्तरता दिइने जनाइएको छ ।

गण्डकीको तल्लो तटबाट हिमालसम्म फैलिएको स्रोत, विविधता, प्रजातिको अभिलेखिकरणका लागि वायो डाइभर्सिटी प्रोफाइल बनाइने कार्यक्रम प्रदेश सरकरको छ । मुस्ताङमा कस्तुरी संरक्षणका लागि केन्द्र स्थापना गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily