पोखरा- गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ। प्रदेश प्रमुख सीतादेवी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो।
कोभिडविरुद्धको खोप व्यवस्थापन र स्वास्थ्य पूर्वाधार एवं व्यवस्थापनमा विशेष जोडसहित ल्याइएको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा अधिकांश कार्यक्रम चाहिँ पुरानै रहेका छन्।
‘कोभिड १९ का कारण बाबुआमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्था गरिने छ, साथै कोभिडका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी साथै आम नागरिकलाई नगद राहत उपलब्ध गराइने छ’, नीति तथा कार्यक्रममा भनिएको छ।
नयाँ सरकार बनेको २ दिनपछि ल्याइएको नीति तथा कार्यक्रमले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेपछि हतारमा ल्याइएको नीति तथा कार्यक्रमले कोभिडविरुद्धको खोपको व्यवस्थापन र संक्रमण परीक्षण गरिने उल्लेख गरिएको छ। यसअघि विपक्षमा रहँदा ‘एक घर एक पीसीआर’ को माग राख्दै संकल्प प्रस्ताव ल्याएको गठबन्धनले खोपको व्यवस्थापन घोषणालाई कसरी पूरा गर्छ भन्ने प्रष्ट भने छैन।
नीति तथा कार्यक्रममा यसअघि कार्यान्वनयमा आएको व्यवसाय जीवन रक्षा कर्जालाई निरन्तरता दिइएको छ भने कोभिड १९ को नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुको लागि ‘कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार’को घोषणा गरिएको छ।
यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]
https://www.4knationaldaily.com/wp-content/uploads/गण्डकी-प्रदेश-सरकार-नीति-कार्यक्रम.pdf
प्रतिक्रिया