+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट आजै चार बजे प्रस्तुत हुने

4KNationalDaily
२०७८ असार १, मंगलवार १३:४० बजे

पाेखरा- गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम सोमबारको बैठकमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पेस गरेकी थिइन् । त्यसमाथि आज छलफल गरेर पारित गरिएको हो ।

सरकारले कोभिड–१९ सँगै स्वास्थ्य लक्षित कार्यक्रम ल्याएको छ । यस्तै, कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । नीति कार्यक्रममाथि मंगलबार बिहानदेखि छलफल भएको थियो । गण्डकी प्रदेशसभाको बैठक बिहान १० बजेदेखि सुरु भएको थियो ।

छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिएका थिए । उनले नीति कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने गरी नै ल्याएको बताए । उनले प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता रहेको बताए । पुरानै योजनालाई निरन्तरता दिँदै छुटेका कतिपय योजना बजेटमा समावेश गरिने उनको भनाइ थियो ।

प्रतिपक्षी एमालेका २७ सांसदबाहेकले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए । गण्डकी प्रदेश सभामा कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद गरेर ३१ जना सरकारको पक्षमा छन् ।

गण्डकी प्रदेशको आउँदो आर्थिक वर्षको बजेट आजै चार बजे संसदमा प्रस्तुत हुनेछ । नीति कार्यक्रम पारित भएपछि प्रदेशसभा बैठक अपराह्न चार बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily