+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीकाे बजेट ३० अर्ब ३ कराेड : गत वर्षकाे भन्दा ४ अर्ब कम, खारेज भएन सांसद विकास कोष [पूर्णपाठ]

4KNationalDaily
२०७८ असार १, मंगलवार १७:१२ बजे

पाेखरा- गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेकाे छ ।

मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलले आज गण्डकी प्रदेश सभामा गत वर्षकाे भन्दा ४ अर्ब सानाे बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ ।

याे बजेटमा नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान वापत गण्डकी प्रदेशले ७ अर्व ४२ करोड पाएको छ । यस्तै ससर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ ।

कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।

महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको नि:शुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

खारेज भएन सांसद विकास कोष

निकै आलोचित सांसद विकास कोष संघ सरकारले यसपालिको बजेटबाट खारेज गरेको छ । प्रदेशमा पनि सांसदमार्फत हुने विकास कार्यक्रम खारेज हुने अपेक्षा थियो । तर मंगलबार सार्वजनिक बजेटले भने त्यस्तो कार्यक्रम निरन्तर हुने घोषणा गरेको छ ।

मुख्यमन्त्री पोखरेलले आउँदो आव २०७८/७९ का लागि मंगलबार बजेट प्रस्तुत गर्दै निर्वाचन क्षेत्र विकास कार्यकमबारे सुनाए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम परिमार्जनसहित लागु गर्न बजेटको व्यवस्था गरेको सुनाए ।

३६ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा यसअघिको सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि २/२ करोडका दरले बजेट छुट्याएको थियो ।कोभिड महामारीलाई ख्याल गर्दै सांसद विकास कोष भनेर चिनिने उक्त कार्यक्रम खारेज हुने अपेक्षा थियो ।

पूर्णपाठ

 

सम्बन्धित समाचार

गण्डकीकाे बजेटमा गाेरखा : आँपपिपल अस्पताललाई ५० शैय्या

स्थानीय तहलाई १ अर्ब १० करोड अनुदान, प्रत्येक पालिकालाई १ करोड

कोरोनाका मृतकको परिवारलाई ५० हजार, सन्तानलाई भत्ता

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily