+
Search

ताजा अपडेट +

पपुलर +

लमजुङको मिदिम खोलामा फसेकालाई डोजरको बकेटमा राखेर गरियो उद्दार

4KNationalDaily
२०७८ असार २, बुधबार १७:०४ बजे

काठमाडौं- लमजुङको मध्य नेपाल नगरपालिका मिदिम खोलामा बाढी आएपछि फसेका ९ जनाको उद्दार गरिएको छ।

मिदिम खोलामा बढेपछि रोकिएर बसेका ९ जनाको उद्धार गरियोको मेयर रमेश पाण्डेले जानकारी दिएका छन्।

खेत रोपाइँ गर्न गएका उनीहरु खोला बढेपछि घर फर्किन सकेका थिएनन्। उनीहरुलाई डोजरको बकेटमा राखेर उद्दार गरिएको थियो।

यस्तै दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।

आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily