+
Search

ताजा अपडेट +

पपुलर +

‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखामा बाँड्यो ६६ परिवारलाई राहत

4KNationalDaily
२०७८ असार ४, शुक्रबार १२:३६ बजे

गाेरखा- टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखा जिल्लामा ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । गण्डकी गाउँपालिका –१ बुटारका परियार र सुनार ५० घरपरिवार तथा चेपाङ, नेवार र गुरुङ १६ घरपरिवारलाई राहत वितरण गरेको हो ।

टेलिसिरियलका लेखक/निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ, राजु पौडल लगायत अन्य कलाकारहरु त्यहाँ पुगी राहत वितरण गरेका हुन् ।

दैनिक ज्यालामजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका परिवार निषेधाज्ञाका कारण समस्यामा परेको हुनाले उनीहरुलाई राहत वितरण गरिएको मरिचमान श्रेष्ठले जानकारी दिए ।

उनले गाउँपालिका अध्यक्ष होमबहादुर रानासँग समन्वय गरेर वडामा राहत वितरण गरिएको जानकारी दिए । यो टीमले झण्डै डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको हो । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री चामल, नुन, तेल, दाल वितरण गरिएको थियो ।

आफूहरुले अन्य व्यक्ति वा संस्थाबाट उठाएको रकमबाट सहयोग नगरेको समेत मरिचमानले बताए । मरिचमान अन्य समयमा पनि सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।

‘जुठे’ हिमालय टेलिभिजनमा हरेक बुधबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ भने ‘हल्का रमाईलो’ नेपाल टेलिभिजनमा हरेक आईतबार प्रशारण हुँदै आएको छ । निषेधाज्ञामा पनि यी टेलिसिरियल नियमित प्रशारणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily