+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशलाई तमुवान नामाकरण गर्ने भए सरकार जाेगाइदिन्छाैं भनेका थिए, मैले समर्थन चाहिँदैन भनेँ- पृथ्वी सुब्बा गुरुङ

4KNationalDaily
२०७८ असार ४, शुक्रबार १५:१८ बजे

काठमाडौं- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकार जोगाइदिने भन्दै प्रदेशको नाम फेर्ने प्रस्ताव आएको बताएका छन्। प्रदेशको नाम तमुवान राख्ने भए सरकार टिकाउन सहयोग गर्ने भनेर आफूकहाँ प्रस्ताव आएको उनले बताए।

शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि बोल्ने क्रममा गुरुङले भने, ‘गण्डकी प्रदेशलाई तमुवान प्रदेश नामाकरण गर्ने भए मेरो सरकार टिकाउने भनेका थिए। मैले चाहिँदैन तिमीहरूको सर्मथन भनेँ।’

कसले त्यस्तो प्रस्ताव राखेका थिए भन्ने चाहिँ गुरुङले खुलाएनन्। उनले वर्तमान सरकारलाई आफ्नो पार्टी एमालेले विश्वासको मत दिन नसक्ने पनि बताए।

‘मुख्यमन्त्रीप्रति मेरो सद्‍भाव छ तर, अवसरवादीहरुको गठबन्धनको सरकार हो यो। विश्वासको मत दिन एमालेले सक्दैन,’ उनले भने, ‘हामी निरपेक्ष विरोध र समर्थन गर्दैनौं। प्रदेशको गौरव उठाउने कार्यमा हाम्रो समर्थन रहन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily