पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन्। मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत पर्यो।
शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० मत आवश्यक पर्नेमा उनको पक्षमा ३१ मत खसेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।
प्रतिक्रिया