+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यका सीडीओ भन्छन् – स्मार्ट लकडाउन थाहा छैन, निषेधाज्ञा निरन्तर रहन्छ

4KNationalDaily
२०७८ असार ५, शनिबार २०:१९ बजे

काठमाडौं- कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ ।

उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं’ उनले भने, ‘हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’

अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन् । साथै, प्रशासनले थप आदेश पनि जारी गर्ने तयारी गरेका छन् ।

के-के खुलाउने तयारी छ ?

जिल्ला प्रशासनहरुले संक्रमणको स्थिती हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।

साथै, ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ । नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर, यो विकल्पबारे तत्कालै निर्णय नहुन सक्छ ।

‘संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे हामी केन्द्रित छौं’ काठमाडौंका सीडीओ पराजुलीले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily