+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराई भन्छन्– पार्टीहरुलाई आमूल रूपान्तरण गर्ने आँट गरौँ

4KNationalDaily
२०७८ असार ६, आईतवार ०९:५५ बजे

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीहरुलाई आमूल रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन्।

राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताएका हुन्।

देशको समस्या एकातिर रहेको बताउँदै उनले समाधान अर्कोतिर खोज्न नहुने भन्दै पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका हुन्।

‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु!’

उनले पार्टीहरू पूर्णरुपमा रूपान्तरण हुनुपर्ने बताएका छन्। रुपान्तरण हुन नसके समयले अर्कै गति लिने र अहिलेको दलहरुको अस्तित्व नै नरहने खतरा बढ्न सक्नेसमेत उनको भनाय छ। ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily