पोखरा- गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
सम्बृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान कार्यक्रमको शुभारंभ गर्दै उनले खोपलाई प्राथमिकता दिदै त्यसका लागि मुख्यमन्त्रीले संघिय सरकारसँग समन्वय गरिरहेको बताएका हुन ।
उनले एक दुई दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका बिषयमा कुराकानी गर्ने उल्लेख गरे ।
मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सार्वजनिक खरिद ऐनको पालना लगायतका कानूनले अपठ्यारो परेको बताउँदै, खोप खरिदका लागि जिटुजी प्रक्रिया वा के हुनसक्छ त्यसका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेट्न काठमाडाैं जान लाग्नु भएको समेत स्पष्ट पारे । उनले जनता बाँचे विकास पछि पनि गर्न सकिने उल्लेख गर्दै, पिसिआर भन्दा पनि खोपनै गण्डकी सरकारको पहिलो प्राथमिकता भएको बताए ।
उनले सरकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निशुल्क गरिने उल्लेख गर्दै, कोरोना प्रभावितका लागि राहतका प्याकेज समेत ल्याउन छलफल चलिरहेको बताए । सरकार विस्तार मन्त्रालय टुंगो नलाग्दै हतारमा बजेट ल्याउनु परको बताउँदै, व्यवसायीसँग सुझाव लिन नसकिएको उल्लेख गरे ।
प्रतिक्रिया