+
Search

ताजा अपडेट +

पपुलर +

संसद विघटन र प्रधानमन्त्रीमा देउवाको नियुक्ति सम्बन्धमा सर्वोच्चले कस्तो फैसला गर्ला? गठबन्धनमा छलफल

4KNationalDaily
२०७८ असार ७, सोमबार १०:३५ बजे

काठमाडौं- विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताले संविधान र लोकतन्त्रको रक्षा, बाह्य हस्तक्षेपको अन्त्य र प्रतिगमन रोक्न गठबन्धनलाई थप सुदृढ बनाएर जाने रणनीति बनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा आइतबार बसेको बैठकमा उत्पन्न भ्रम चिर्ने र गठबन्धन थप बलियो बनाएर जाने रणनीति बनेको हो।

माओवादी नेता नारायणकाजी श्रेष्ठले बैठकमा लोकतन्त्रको रक्षा र प्रतिगमनलाई परास्त गर्ने उद्देश्यले बनेको गठबन्धनको औचित्य थप पुष्टि भएको र यसलाई थप सुदृढ बनाउने निर्णय भएको जानकारी दिए। बैठकले गठबन्धनलाई अझै व्यवस्थित रूपमा अघि बढाउने निष्कर्ष निकालेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

साँझ ५ बजे बुढानीलकण्ठ पुगेका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गर्दै आफ्नो पार्टीले गठबन्धनलाई थप मजबुत बनाएर अगाडि बढ्ने निर्णय लिएको जानकारी दिएका थिए।

त्यसपछि नेताहरूले समसामयिक राजनीतिक विषयहरूमा पालैपालो आ–आफ्नो धारणा राखेका थिए । नेताहरूले सरकारले सर्वोच्च अदालत र संवैधानिक निकायहरूलाई दबाब र प्रभावमा राख्ने कार्य गरेकाप्रति चनाखो हुनुपर्ने धारणा राखेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily