+
Search

ताजा अपडेट +

पपुलर +

अब माओवादीमा फर्किने कुनै सम्भावना छैन : मणि थापा

4KNationalDaily
२०७८ असार ७, सोमबार १८:५८ बजे

काठमाडौं– नेकपा (एमाले)का नेता मणि थापाले आफूहरू माओवादीमा फर्किने कुनै सम्भावना नरहेको बताएका छन्।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि एमालेतर्फ लागेका उनले अब पुरानै पार्टीमा फर्किने कुनै सम्भावना नरहेको बताएका हुन्।

पुरानो पार्टी तोडेर नयाँ कम्युनिट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उनको भनाइ छ। ‘पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन। त्यो सम्भावना हिजो पनि थिएन। त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो’, न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले भनेका छन्, ‘अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुविकरण चाहिँ जरुरी छ। त्यो ध्रविकरणको कोर्स कहाँबाट सुरु गर्ने भन्दाखेरी ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुविकरणको आवश्यकता छ। पुरानोले ध्रुविकरण गर्न सक्दैन।’

उनले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको दाबी गरे। ओली र प्रचण्डले सुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रुपमा गल्ती नगरेको बताए।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्‍यौँ। त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो। हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले सुरू गर्नुभयो’, उनले भने, ‘त्यो प्रक्रियालाई पुरा गर्न चाहान्छौँ। त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ। हामी उपयोग भएको होइन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily