+
Search

ताजा अपडेट +

पपुलर +

जीवन राईको नेतृत्वमा माधव समूहको नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

4KNationalDaily
२०७८ असार ९, बुधबार १९:४६ बजे

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ ।

निर्वाचन आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा सो पार्टी दर्ता छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily