+
Search

ताजा अपडेट +

पपुलर +

मनाङे भन्छन्- भाैतिक र अर्थमन्त्रालय नपाए मुख्यमन्त्री त देलान् नि ?

4KNationalDaily
२०७८ असार ११, शुक्रबार १९:४३ बजे

गाेरखा- गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ उर्फ ‘दिपक मनाङे’ले आफूलाई भौतिक र अर्थ मन्त्रालयको जिम्मेवारी नदिए मुख्यमन्त्री दिनुपर्ने बताएका छन् ।

मन्त्रीले सिष्टम बसाल्ने काम गर्ने हाे । कुर्सीमा बसेर भत्ता मात्रै खाने हाेइन भन्दै उनले भौतिक र अर्थ मन्त्रालयको जिम्मेवारी दिनुकाे विकल्प उनीहरूसंग नभएकाे तर्क गर्छन् ।

सांसद मनाङेलाई तत्कालिन एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएपछि उनकाे चर्चा चुलिएकाे थियाे। तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकाे सरकारले संसदमा विश्वासकाे मत पाउन नसकेपछि भाैतिक मन्त्रालयकाे आश्वसन पाएका मनाङे अहिले आफु भाैतिक मन्त्रालय हाक्ने सक्ने क्षमता भएकाे दावी गर्दै आएका छन् ।

उनी भन्छन्, ‘मन्त्रीले सिष्टम बसाल्न हुने हो, कुर्सीमा बसेर भत्ता खान मात्रै हैन। मलाई भौतिक मन्त्रालय दिने सहमति भएको हो। त्यो नदिए अर्थ देलान्। यी दुुई वटा मन्त्रालयमा करप्सन धेरै, सिष्टम बसाल्न म जाने हो। यदि यी दुवै नदिए मुख्यमन्त्री देलान् नि त !’

नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत जेठ २९ गते कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।

कांग्रेसले जसपाका मन्त्री आचार्यलाई अर्थमन्त्री दिने भन्दै विश्वासकाे मत पाउन सहमति गरेकाे थियाे । तर, कांग्रेस सहमतिबाट पछि हटेकाे भन्दै जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री आचार्यलाई ब्याक हुन निर्देशन दियाे । पार्टीकाे निर्देशनपछि उनी व्याक त भए अब समस्यमाकाे गाँठाे सत्तारूड दल कांग्रेस र माओवादी  केन्द्र भएकाे भन्दै तत्काल समस्याकाे हल निकाल्न आग्रह गरेका छन् ।

११ मन्त्रालय रहेको गण्डकीमा दलहरूबीच मन्त्रालयको जिम्मेवारीको बाँडफाँटको सहमति जुट्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन भने विनाविभागीय मन्त्रीहरूले पनि जिम्मेवारी पाउन सकेका छैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily