+
Search

ताजा अपडेट +

पपुलर +

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

4KNationalDaily
२०७८ असार १३, आईतवार १४:३४ बजे

गोरखा- गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् ।

तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्षसमेत रहेका ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

प्रशासनिक विज्ञान विषयमा विद्यावारिधि गरेका ढकाल विगत ३० वर्ष देखि प्राध्यापन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आएका छन् । साथै, उनले तत्कालिन कसमस बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily