+
Search

ताजा अपडेट +

पपुलर +

संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्

4KNationalDaily
२०७८ असार १३, आईतवार २०:४३ बजे

काठमाडाैं- नेकपा एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । यसबारे जानकारी दिँदै उनले संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन् ।

एमालेमा माधव नेपाल समूहमा रहेका उनले दिएको यो निवेदनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तत्कालिन नेकपाको राष्ट्रिय सभामा निर्वाचित उनले कुनैपनि दल रोज्न मन नलागेको बताउँदै आइतबार निवेदन दिएका हुन्।

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते आफू निर्वाचित पार्टी नेकपाको अस्तित्व समाप्त गरेपछि नै स्वतन्त्र सांसद रहेको उनले बताए।

भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न र आफूले पाउने तलब तथा सेवा सुबिधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोध गरेका छन् ।

एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ । आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को टिकटबाट निर्वाचित भएको र हाल सो दल नै नरहेकोले स्वतन्त्र हैसियत कायम राख्न भुसालले सचिवालयलाई पत्राचार गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily