+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क भएका हुन्? नत्र किन यसो भने?

4KNationalDaily
२०७८ असार १६, बुधबार १०:१८ बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्।

सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए।

‘कोभिड १९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै त्यही हुन्छ,’ उनले भने। उनले बुद्धिजीवीको कुरा सुनेपछि सार्वजनिक सुनुवाइबिना गरिएका सबै निर्णय खारेज गर्नुपर्ने समेत बताए। ‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छन्’, देउवाले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनस्र्थापना हुने निश्चित नै भए पनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए। ‘संसद् त पुनस्र्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन। पुनर्स्थपनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था हुँदैन। त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन। आफ्नो ठाउँबाट आवाज उठाइराख्नुपर्छ’, दाहालले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily