+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति

4KNationalDaily
२०७८ असार १८, शुक्रबार १८:०१ बजे

काठमाडौं- अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily