+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु

4KNationalDaily
२०७८ असार १९, शनिबार ११:३७ बजे

गोरखा- सिरानचोक गाउँपालिका–७, श्रीनाथकाेट उपल्लाे गाेहाेरेमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर ८६ वर्षीय रमन पाण्डे र उनी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको हाे ।

घरमा उनीहरु दुई जनामात्र रहेको र पहिरो खसेर घर पुरिएको विहान मात्र थाहा भएको प्रहरीले बताएकाे छ । पुरिएको घरबाट चार घन्टा लगाएर उनीहरुको शव निकालिएको वडाअध्यक्ष सुरज ढकालले बताए। गोरखाका विभिन्न भागमा तीनदिन यता लगातार वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily