+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाबाट धादिङको सल्यानटार तर्फ जाँदै गरेको जन्ती बस दुर्घटना, पाँच जना घाइते

4KNationalDaily
२०७८ असार १९, शनिबार १२:०९ बजे

गोरखा- गोरखाको आरुघाट गाउँपालिका–८, मंगलटारमा बेहुली लिएर फर्कदै गरेको बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

शुक्रबार राती खत्रिस्वाँराबाट बेहुली लिएर धादिङको सल्यानटार तर्फ जाँदै गरेको बस दुर्घटनामा परि बेहुली सहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

ना ६ ख ९७९८ नम्बरको बस दुर्घटना हुदा बेहुली २२ बर्षकी राधिका सुनार, धादिङ सल्यानटार घर भएका ८७ बर्षका बलबहादुर घिमिरे, ७१ बर्षका दिलबहादुर घिमिरे, ४० बर्षकी बिष्णुमाया सुनार, ११ बर्षकी करिस्मा बिसी घाइते भएका हुन् ।

घाइते सवैको स्थानीय आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटना लगत्तै बसका चालक फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily