+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी, आज तीन सीडीओको संयुक्त बैठक बस्दै

4KNationalDaily
२०७८ असार २०, आईतवार ०८:५८ बजे

काठमाडौं– उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्ने उद्देश्यले आज (आइतबार) प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दै छ।

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन दिउँसो उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको बैठक बस्न लागेको हो।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा दिउँसो ३ बैठक बस्ने भएको हो।

आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो। त्ययसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily