+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्ने तयारी

4KNationalDaily
२०७८ असार २०, आईतवार ०९:०२ बजे

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बोर्डले साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने भन्दै सरकारसँग अनुमति मागेको हो।

धेरै परीक्षार्थी भएकाले अनलाइन सम्भव नहुने भन्दै भौतिक रूपमै परीक्षा सञ्चालनको अनुमति मागिएको बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढाउने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ।बोर्डबाट प्रस्ताव आएको बताउँदै शिक्षा मन्त्रालयले अवस्था विश्लेषण गरेर मात्र निर्णय गर्ने बताएको छ।

परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय सीसीएमसीबाट हुने मन्त्रालयको भनाइ छ। यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो।

कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ। कोरोना भाइरसको संक्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै सेन्टर तथा मोडालिटीबारे निर्णय हुने जनाइएको छ। बोर्डले गत वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीको परीक्षा ४० अंकको मात्र लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily