+
Search

ताजा अपडेट +

पपुलर +

मध्यावधि निर्वाचन : असोज २० र ३१ मा उम्मेदवारी मनोनयन, साउन १५ भित्र दल दर्ता

4KNationalDaily
२०७८ असार २१, सोमबार १४:३१ बजे

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आउँदो कार्तिक २६ र मंसिर ३ गते तय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले अनुमोदन गरेकी थिइन। उनले मन्त्रिपरिषद्को सिफारिसमा कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी भएपनि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

‘सरकारको निर्णय बमोजिम निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘सबै कार्यतालिकासहित विस्तृत विज्ञप्ति एकछिनमा सार्वजनिक गर्छौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily