काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले जे जे भन्यो, त्यही त्यही मानेको भन्दै राष्ट्रपतिलाई संसारकै कमजोर भनेका छन्।सोमबार जवाफी बहसका क्रममा थापाले भने, ‘संसारमा सबैभन्दा कमजोर राष्ट्रपति त्यो हो जो प्रधानमन्त्रीले भनेको लुरुलुरु मान्छ। हाम्रो राष्ट्रपति त्यस्तै हुनुहुन्छ।’
संसद विघटनसम्बन्धी मुद्दामाथि सोमबार जवाफी बहसको क्रममा थापाले संविधानले त्यस्तो अधिकार दिएको छ भन्दै प्रश्न समेत गरे । ‘राष्ट्रपति स्वयंले नै विश्वासको मत पाउँछ पाउँदैन भनेर निर्णय गर्ने अधिकार संविधानले दिएको छ र ?,’ उनको प्रश्न छ, ‘राष्ट्रपतिले आफ्नो लिखित जवाफमा भविष्यमा विश्वासको मत पाउँछ कि पाउँदैन भनेर हेरेँ भन्नु भएको छ। त्यो हेर्न मिल्छ र ?’
राष्ट्रपतिलाई मुद्दा लाग्दैन भनिए पनि सांसद र जनताको हक अपहरण गरेको अभियोगमा मुद्दा लाग्ने तर्क थापाको छ। ‘राष्ट्रपतिले १४६ जना सांसदको हक अपहरण गर्नुभएको छ,’ उनको भनाइ छ, ‘वी द पिपुल’को हक अपहरण भएको छ। राष्ट्रपतिलाई मुद्दा लाग्दैन भन्ने व्यवस्था छ तर त्यहाँ कसैको हक अपहरण भएमा मुद्दा लाग्ने भनेको छ।’
संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेक पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि अहिले एमिकस क्यूरीका तर्फबाट धारणा राख्ने क्रम शुरू भएको छ ।
प्रतिक्रिया