काठमाडाै- इङ्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ। गएराति डेनमार्कलाई २–१ ले हराउँदै पहिलोपटक युरोकपको फाइनलमा पुग्यो। यसअघि सन् १९६६ मा विश्वकप जितेयता इङ्ल्यान्ड कुनै प्रतियोगिताको फाइनलमा पुग्न सकेको थिएन।
२०१८ को विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएको थियो भने १९६८ र १९९६ को युरोकपको सेमिफाइनलमा पुगेको थियो। इङ्ल्यान्डले उपाधिका लागि १२ जुलाईमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली स्पेनलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको छ।
इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ । वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो । कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे ।
त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन ।
३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे । ९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गरे ।
१०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे । पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।
प्रतिक्रिया