+
Search

ताजा अपडेट +

पपुलर +

नेविसंघकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप : सात विद्यार्थी पक्राउ

4KNationalDaily
२०७८ असार २५, शुक्रबार ०८:५७ बजे

काठमाडाैं- मूल्यबृदिकाे विरोधमा नेपाल विद्यार्थी संघ काठमाडौँकाे प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएकाे छ । विरोध प्रदर्शनमा सहभागी सात जनालाई पहरीले पक्राउ गरेको छ ।

कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थ, ग्याँस र खाद्यान्नमा भएको मूल्यबृदिका कारण संघको प्रदर्शनका क्रममा पब्लिक युथ क्याम्पसका बिधार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

शक्तिपुण प्रदर्शनमा संघका सन्तोष श्रेष्ठ, सुमन घिमिरे, सविन गौतम, प्रज्जल अधिकारी, सागर भट्टराई, सागर खत्री र रविन्द्र दाहाललाई स्रोहखुट्टे प्रहरीले पक्राउ गरेको हो ।

क्याम्पसका बिधार्थी नेता श्रेष्ठको नेतृत्वमा भएको आन्दोलनमा संसदको पुनस्थापना, असबैधानिक, अलोकतान्त्रिक कदमको बिरुदमा, शिक्षामा भएको बेथिति, कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थ ग्यास र खाद्यान्नमा भएको मूल्यबृदि नियन्त्रण र बिधार्थी र शिक्षकलाई खोपको व्यवस्था हुनु पर्ने माग गर्दै ने बि संघ पब्लिक युथ क्याम्पसका बिधार्थी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily