+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपहिराले बन्दीपुरका ७२ घरधुरी विस्थापित

4KNationalDaily
२०७८ असार २५, शुक्रबार ०९:०६ बजे

तनहुँ- बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन्। एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन्। बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन्।

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए।

उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन्। विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन्।

‘घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ’, गुरुङले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily