+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको प्रश्न-ओलीसँग मिल्न लागेको हो ? माधवले भने- फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुन्न

4KNationalDaily
२०७८ असार २६, शनिबार १३:०८ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रचण्ड नेता नेपाललाई भेट्न ११ बजेर २५ मिनेटमा उनको निवास कोटेश्वर पुगेका थिए। दुई नेताबीच करिब १ घन्टा छलफल भएको थियो।

एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरि आज सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रुपमा हेरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily