+
Search

ताजा अपडेट +

पपुलर +

रामकुमारी झाँक्रीको कटाक्ष : ओलीलाई आजीवन प्रधानमन्त्री र अध्यक्ष बनाइदिऔं !

4KNationalDaily
२०७८ असार २६, शनिबार १३:११ बजे

काठमाडौँ- नेकपा एमालेमा १० सदस्यीय कार्यदलको वार्ता चलिरहेको छ । पार्टी एकता हुनै लागेको चर्चा छ । यसबारे टुंगो लाग्ने नेताहरुले बताइरहेका छन् । तर, युवा नेतृ रामकुमारी झाँक्रीको भने अर्कै लाइन देखिएको छ ।

पहिलो, नेकपा एमालेमा एकता होला कि नहोला भन्ने प्रश्नमा झाँक्री भन्छिन्, ‘कमरेड केपी ओलीले नचाहँदासम्म एकता हुँदैन, यो ध्रुवसत्य र दिनको घाम जत्तिकै सत्य कुरा हो ।

तर, उहाँले गरेका राजनीतिक अपराध, सामाजिक अपराधप्रति जवाफदेही हुनु नपर्ने र यस कामका लागि उहाँमाथि अर्को गजुर लगाइदिने अवस्था नआएसम्म ओली कमरेडले एकताको चाहना राख्नुहुन्न ।’

दोस्रो– कार्यदलले गरिरहेको प्रयासबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनी अहिले कार्यदलले गरिरहेको काम अपारदर्शी एवं कार्यकर्तामा भ्रम फैलाउने खालको भएको बताँछिन् ।

उनी भन्छिन्, ‘कार्यदल बसेर देशभरिको हाम्रो पार्टीका सदस्यहरुको पंक्तिलाई दिग्भ्रमित बनाउने, निराश बनाउने, आफ्नो काममा जान नसक्ने बनाउने काम कार्यदलमा रहेका साथीहरुको अभिव्यक्तिले गरिरहेको छ ।’

र, तेस्रो– केपी ओलीले गरेका सबै कामहरुलाई सदर गर्दै यथास्थितिमा कार्यदलले वार्ता गरेका भरमा पार्टी एकता नहुने झाँक्रीको लाइन छ । उननी भन्छिन्, ‘यो केपी ओली र माधव नेपालको लडाइँ मात्रै होइन । यो विचारको लडाइँ हो, मूल्यको लडाइँ हो । यो प्रणालीको हो, राजनीतिक संस्कृतिको हो । यो वडा तहसम्म पुगिसकेको छ । यथास्थितिमा पार्टी एकता हुँदैन । कमरेड केपी ओलीलाई बाँकी कार्यकाल प्रधानमन्त्री र चुनौतीरहित पार्टी अध्यक्षका रुपमा स्वीकारेर पार्टी एकता हुन सक्दैन ।’

झाँक्री व्यंग्य गर्दै भन्छिन्, ‘कि त उहाँ ओली लाई कहिल्यै महाधिवेशन नगर्ने गरी आजीवन पार्टी अध्यक्ष घोषणा गर्नुपर्यो । उहाँलाई प्रधानमन्त्री बनाउनुपयो, ता कि उहाँले बाँचुञ्जेल निर्वाचन नगरे पनि हुन्छ ।’प्रधानमन्त्री ओलीले पार्टी र देशप्रति गम्भीर अपराध गरेको हुनाले उनलाई त्यसप्रति जिम्मेवार बनाउनुपर्ने झाँक्रीको माग छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily