+
Search

ताजा अपडेट +

पपुलर +

नेविसंघका पूर्व पदाधिकारी टाेली गाेरखामा, कांग्रेसमा एकतावद्ध निर्माणगर्न आग्रह

4KNationalDaily
२०७८ असार २६, शनिबार १७:५१ बजे

गोरखा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा जिल्ला स्तरका नेता विभिन्न शक्ति केन्द्र धाई रहेको समयमा भातृ संस्था नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीका टाेली गाेरखा पुगेकाे छ ।

महाधिवेशनबाट सुदृढ बैचारिक र एकताबद्ध आह्वान भन्दै नेता गोबिन्द भट्टराईलगायतका दुई दर्जन नेता गाेरखा पुगेका हुन् । कांग्रेसमा युवाहरुलाई ब्यापक रुपमा आवद्ध गराउन बैचारिक र राजनीतिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएकाे भेलामा सहभागी एक नेताले जानकारी दिए।

सातवटै प्रदेशका युवा नेताहरुको सहभागीतामा गोरखामा शनिवार भएको भेलाले आसन्न महाधिवेशन सम्पन्न गर्न तमाम कांग्रेसका युवाहरुलाई सक्रिय सहभागीताका लागि पनि अनुरोध गरेको छ । कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेको निश्कर्षसहित तत्काल सबै नागरिकलाई खोपको ब्यवस्था गर्न माग गरेको छ ।

बाढी पहिरो पिडित जनताको उचित बसोबासको ब्यवस्था तत्काल गर्नुपर्ने, राहत बितरणको ब्यवस्था गर्नुपर्ने विषयमा पनि भेलामा छलफल भएको थियो ।

जिल्ला सभापतिमा जिल्ला सचिव नन्दप्रसाद न्याैपाने, भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र किरणबाबु श्रेष्ठ आकांक्षा व्यक्त गरेका छन् । कांग्रेसकाे विधान अनुसार महासमिति सदस्यमा निर्वाचित भएपछि मात्रै जिल्ला सभापतिकाे उम्मेदवार बन्न पाउने प्रावधान छ ।

याे पनि,

कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily