+
Search

ताजा अपडेट +

पपुलर +

पहिलो कारोबार दिन ७३ अंकले बढ्यो नेप्से, ८ अर्बको सेयर किनबेच

4KNationalDaily
२०७८ असार २७, आईतवार १६:१३ बजे

काठमाडौँ- सेयरबजारमा आज उछाल आएको छ। बजार परिसूचक नेप्से ७३.३३ अंकले बढ्दा सेन्सिटिभ सूचक पनि १३.५१ अंकले वृद्धि भएको छ।

आजको कारोबारमा २ सय २५ कम्पनी सामेल भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ८२ हजार ४९ पटकको खरिदबिक्रीमा ८ अर्ब ६ करोडको सेयर कारोबार भएको छ।

आजको उत्साहसँगै सेयरबजार परिसूचक पुनः २९ सय विन्दुनजिक पुगेको छ। आइतबार १३ वटै उपसमूहका सूचक हरियो छन्। आज लगानीकर्ताको आकर्षण विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा कम्पनीमा धेरै देखिएको छ।

यो साताको पहिलो दिनको कारोबारमा दुई दर्जन बढी कम्पनीको सेयर मूल्य १० प्रतिशत वा सोही हाराहारीमा बढेको नेप्सेले जनाएको छ। गुमाउने लगानीकर्ताले भने ४.३७ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।

त्यस्तै एनआईसी एसिया बैंकको ३९ करोडको सर्वाधिक सेयर किनबेच हुँदा नबिल बैंकको २५ करोड, नेपाल बैंक २४ करोड, निफ्रा १८ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily