पाेखरा- गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको विषयलाई लिएर बैठक अवरुद्ध गरेको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश सरकारले गैरकानुनी रूपमा कार्यकर्ता पोस्नका लागि करोडौँ रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले यथार्थ बाहिर नल्याउँदासम्म बैठक चल्न नदिने उडान राख्दै आएको छ । एमालेले आइबार पनि संसद् बैठक अवरुद्ध गरेको थियो ।
एमालेका सांसद रामशरण बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताएका छन् ।
उनले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गर्दै बजेट बाँडेको भन्दै एमालेले त्यसको फेहरिस्त प्रस्तुत नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ ।
प्रतिक्रिया