+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्च अदालतको फैसलापछि माधव नेपालले दिए देउवालाई बधाई

4KNationalDaily
२०७८ असार २८, सोमबार १४:१० बजे

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै नेपालले देउवालाई फोन गरेर बधाई दिएका हुन्।

सर्वोच्च अदालतले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई एमालेका माधव नेपाल पक्षका २६ सांसद्ले हस्ताक्षर गर्दै प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई पनि अस्वीकार गरेकी थिइन्। त्यसपछि भएको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल पक्षका २३ सांसद् समेतको हस्ताक्षर सर्वोच्चमा रिट दायर गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily