काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि सर्वाेच्च अदालतको फैसला महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन्।
सोमबार सर्वाेच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो।
‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरू, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु, श्रेष्ठले सामाजिक सञ्जाललमा लेखेका छन्।
प्रतिक्रिया