+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चकाे फैसलापछि माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

4KNationalDaily
२०७८ असार २८, सोमबार १५:४४ बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने फैसला सुनाएपछि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन्।

प्रचण्ड र नेपालबीच अहिले कोटेश्वरमा संवाद चलिरहेको नेपाल निकट एक नेताले बताए। सोमबार बेलुका ५ बजे पाँच दलीय गठबन्धनको बैठक बोलाएको छ।

संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि नेपाली कांग्रेससहित माओवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव – बाबुराम भट्टराईपक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच छलफल हुन लागेको हो।

सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापनाको फैसलासँगै १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार कांग्रेस सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily