काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाको शपथ अझै सुरु हुन सकेको छैन। अहिले देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अलग्गै छलफलमा छन्।
केहीबेरअघि शीतल निवास पुगेका देउवा, प्रचण्ड र नेपालबीच शीतल निवासमै रहेको एक कोठामा छलफल भइरहेको हाे । शपथ ग्रहण कार्यक्रमका लागि मन्त्री बन्नेहरु ६ बजेअघि नै शीतल निवास पुगिसकेका थिए। ७ बजेसम्म पनि शपथ सुरु नभएपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति कार्यालयप्रति प्रश्न गरेका थिए।
शितल निवासमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस, पूर्व प्रधानमन्त्रीहरु राष्ट्रपति कार्यालयमा प्रतिक्षामा छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली भने अहिलेसम्म शीतल निवास पुगेका छैनन्।
प्रतिक्रिया