+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिपक्षको अवरोधबीच मार्सल लगाएर पारित गरियो गण्डकीको बजेट

4KNationalDaily
२०७८ असार ३०, बुधबार २०:४५ बजे

पाेखरा- गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ। एमालेले प्रदेश सभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो।

बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो। केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो। विरोधका बाबजुद पनि वैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गरेका थिए।

प्रतिपक्षको बहिष्कारका बीच अर्थ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो।

आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमाले असहमति जनाउँदै आएको छ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशसभामा हुलहुज्जत, एमाले सांसद बस्नेतले देखाए उदण्डता

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily