+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

4KNationalDaily
२०७८ श्रावण १, शुक्रबार १५:०१ बजे

काठमाडौं– नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिए।

प्रवक्ता ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई संकेत गर्दै ‘कसैलाई विश्वास मत दिन मन लागे सर्वोच्च अदालतले बाटो खोलिदिएको’ बताए।

‘कसैलाई विश्वासको मत दिन मन लागेको भए सर्वोच्च अदालतले बाटो खोलिदिएको छ। तर हामी प्रतिपक्षी हौं। प्रतिपक्षीय भूमिका निर्वाह गर्छौं,’ ज्ञवालीले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily