+
Search

ताजा अपडेट +

पपुलर +

देउवालाई माधवपक्ष बिनै बहुमत ! महन्थ ठाकुर पक्षले पनि दिने भयो विश्वासको मत

4KNationalDaily
२०७८ श्रावण ३, आईतवार १८:१० बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily