+
Search

ताजा अपडेट +

पपुलर +

मंगलबार डेढ महीनायताकै उच्च संक्रमण, थप २५ जनाको मृत्यु

4KNationalDaily
२०७८ श्रावण ५, मंगलवार १७:४७ बजे

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकमा ३,१०८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ (८,८३६ पीसीआर र ४,२९९ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

आज थपिएको संक्रमित संख्या ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३.६६ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । १,५९५ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । कूल मृत्यु संख्या ९,६०७ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily