+
Search

ताजा अपडेट +

पपुलर +

ओली सरकारका सबै नियुक्ति खारेज गर्ने देउवा र प्रचण्डबीच सहमति

4KNationalDaily
२०७८ श्रावण ५, मंगलवार १७:५१ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले पनि प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले भेटमा साउन ३ गते प्रतिनिधि सभा बैठकमा भएको उपस्थितिका बारेमा समीक्षा पनि भएको बताए।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने बारेमा पनि छलफल भएको छ। सरकारले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरेको थियो।

प्रधानमन्त्री देउवासँगको भेट अघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily