+
Search

ताजा अपडेट +

पपुलर +

ओली निकट युवासंघका कार्यकर्ताद्वारा बानेश्वरमा प्रदर्शन, माधव नेपालविरुद्ध अभद्र नाराबाजी

4KNationalDaily
२०७८ श्रावण ५, मंगलवार १७:५५ बजे

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निकट युवासंघका कार्यकर्ताहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध चर्को नाराबाजी गरिएको छ।

उनीहरुले नेपाल विरुद्ध असभ्य र अभद्र नारा समेत लगाएका छन्। कतिपय कार्यकर्ताहरुले बाँदरको मुखुण्डो लगाएर समेत प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले एमाले र केपी ओलीको पक्षमा पनि नारा लगाएका थिए। ‘नेकपा एमाले जिन्दावाद’, ‘नेपाली जनताले के भन्छ, केपी ओली ले भन्छ’, ‘अघि बढ केपी बा, साथ दिन तयार छौं’ जस्ता लगाएका थिए।

उनीहरुले सर्वोच्च अदालत र देउवालाई प्रधानमन्त्री बनाउनुअघि गठित विपक्षी गठबन्धनका विरुद्धमा पनि नाराबाजी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily