+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशका सवारीसाधनको ब्लुबुक नवीकरण अनलाइनबाटै

4KNationalDaily
२०७८ श्रावण ८, शुक्रबार ०८:२० बजे

काठमाडौं– बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्था शुक्रबारदेखि नै लागु भएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना अनलाइनबाटै तिर्न सकिने भएको हो।यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस)को विकास गरेको छ।

आज (शुक्रबार) मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यसअघि साउन १ गते नै यो सेवा सुरू हुने भनिए पनि प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै सुरू हुन लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily