+
Search

ताजा अपडेट +

पपुलर +

महन्ठ ठाकुरको जिकिर– खारेज हुनुपर्ने निवेदनमा आयोगले आदेश गर्‍यो, रोक्न आदेश जारी होस्

4KNationalDaily
२०७८ श्रावण ८, शुक्रबार १८:२० बजे

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) आधिकारिकताको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई परिचय पत्रको सक्कल प्रतिसहित उपस्थित हुन आदेश गरेको भोलिपल्ट एकजना अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

आयोगले बिहीबार सुनाएको आदेशानुसार पार्टी आधिकारिकताको निर्णय आफ्नो पक्षमा नआउने देखिएपछि ठाकुर शुक्रबार सर्वोच्च अदालत पुगेका हुन्।

जसपाका दुईजना अध्यक्ष उपेन्द्र यादव र ठाकुरमध्ये कार्यकारिणी समितिमा यादवको बहुमत छ। निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई बोलाउने आदेश सुनाएपछि अन्तरिम आदेशको माग गर्दै ठाकुरले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन्।

दाबी नै नपुग्ने निवेदन दर्ता गर्दै आयोगले आफ्नो पार्टीको विभाजन र आधिकारिकताको निर्णय गर्न लागेको भन्दै ठाकुरले त्यसलाई रोक्न अन्तरिम आदेशको मागदाबी गरेका छन्।

आफूले कारबाही गरेपछि संशोधन गरेको कार्यकारीणी समितिलाई मान्यता दिनुपर्नेमा आयोगले त्यसो नगरी हकदैया नै नभएको विषयबस्तुमा प्रवेश गरेको ठाकुरले रिटमा दाबी गरेका छन्।

आफूले हेरफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिँदै विवाद निरुपणको प्रक्रिया अघि वढाउन परमादेशको आदेश जारी गर्न पनि ठाकुरले रिटमा मागदाबी गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily