+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको तेस्रो लहर असोज–कात्तिकमा आउनसक्ने, सरकार भन्छः २ लाख संक्रमित थपिन सक्छन्

4KNationalDaily
२०७८ श्रावण ११, सोमबार १३:११ बजे

काठमाडौँ- सरकारले आगामी असोज–कात्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने आकलन गरेको छ। स्वास्थ्य मन्त्रालयले यस्तो आकलन गरेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिएका हुन्।

उनका अनुसार अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुनसक्ने सरकारको अनुमान छ। यसमध्ये ३८ हजारलाई अस्पताल र ९ हजारलाई आईसीयू चाहिनसक्ने उनले बताए।

‘संक्रमण पछिल्लो ५/७ हप्तादेखि बढिरहेको छ’ समितिको बैठकमा उनले भने, ‘साउनमा यही दर रह्यो भने तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बुझ्नुपर्ने हुन्छ।’ हालसम्म १४ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको र २४ लाखले एक डोज खोप लगाएको उनले जानकारी दिए।

अर्यालले ९७ लाख डोज खोप शुक्रबारसम्म आउने र असोजसम्म ३३ प्रतिशतसम्मले खोप लगाउने दाबी गरे। चैतसम्म २ करोड ६५ लाखलाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily