+
Search

ताजा अपडेट +

पपुलर +

सातै प्रदेशलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर राख्नू

4KNationalDaily
२०७८ श्रावण १२, मंगलवार ०७:०६ बजे

काठमाडौं– सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सातवटै प्रदेशमा पत्रचार गरेर कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो।

‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन। विगतका दिनमा जस्तै संक्रमणको दर तिव्र रुपमा वढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन।

’स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘अतः भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ। साथै मौजुदा सिलिन्डरहरु पनि खाली नाराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ। ’

मन्त्रालयले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले सङ्क्रमणको तेस्रो लहर आउने आँकलन गरेको हो। तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily