+
Search

ताजा अपडेट +

पपुलर +

जसपा बैठक : विधान पारित, दलको नेता छान्न तीन सदस्यीय समिति

4KNationalDaily
२०७८ श्रावण १२, मंगलवार १९:०८ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको मंगलबार बसेको बैठकले विधान पारित गरेको छ। बालकुमारीस्थित पार्टी कार्यलयमा बसेको जसपा केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको हो।

बैठकले संसदीय दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ। निर्वाचन समिति संयोजकमा नवराज सुवेदी चयन भएका छन्। त्यस्तै समिति सदस्यहरूमा रमेश यादव र सुशीला श्रेष्ठ तोकिएका छन्। बैठकमा ३४ जना कार्यकारिणी सदस्य उपस्थित रहेको जसपाले जनाएको छ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादवबीच देखिएको आधिकारिकता विवाद हिजो निरुपण गरेको थियो। आयोगले बहुमतका आधारमा यादव पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ।

आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जानका लागि जसपाले दलको नेता चयन प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily