+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !

4KNationalDaily
२०७८ श्रावण १३, बुधबार १५:१९ बजे

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।

बैठकमा देउवाको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एक–दुई दिनभित्रै नाम दिन्छौं, तपाईलाई अप्ठेरो पर्न दिँदैनौं’ भन्ने जवाफ दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले जनमोर्चालाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र सांसद दुर्गा पौडेलले आफूहरु प्रतिगमनविरोधि आन्दोलन परास्त गर्नमात्रै गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा सहभागी नहुने कुरा पहिल्यै भनिसकेको बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily