पाेखरा- गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले राजनीतिक अस्थिरताले देश नबन्ने बताएकी छिन्।
बुधबार पत्रकारहरुमाझ आफ्नो बिदाइ सम्बोधन वाचन गर्दै उनले प्रदेश प्रमुखबाट पदमुक्त गरिनुलाई आफूले स्वभाविक ठानेको बताइन्।
‘सामाजिक परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अपनाएर अघि बढेकाले पनि होला मलाई यी र यस्ता निर्णय निकै स्वभाविक लाग्छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दु:खी बनाएको छैन। तर, राजनीतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो। म समाजको विकासका लागि हिजो जसरी सक्रिय थिए, आउने दिनमा पनि मेरो हैसियतमा रहेर निरन्तर क्रियाशील भइ नै रहनेछु’, उनले भनिन्।
पौडेलले प्रदेश प्रमुखले संविधानले दिएको अधिकार भित्र रहेर कर्तव्य निर्वाह गर्नु मूल धर्म भएको भन्दै आफूले पनि संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको बताइन्।
‘विचार फरक हुन सक्छ, आस्था फरक हुन सक्छ, तर राष्ट्रिय समृद्धिको पक्षमा भने हामी साझा उद्देश्य लिएर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ। मलाई विश्वास छ, अब आउने प्रदेश प्रमुखज्यूले यो कार्यक्रमलाई उद्देश्य अनुरुपनै अगाडि बढाउनु हुनेछ’, उनको भनाइ थियो।
प्रतिक्रिया